प्रतिबन्धित लागुऔषध जस्तो देखिने पदार्थ सहित २ जना नियन्त्रण -

प्रतिबन्धित लागुऔषध जस्तो देखिने पदार्थ सहित २ जना मानिस नियन्त्रण -
............................................................................................................................
फागुन २४,  झापा ।
               मिति २०७९।११।२४ गते अं.११:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलिले जिल्ला झापा झापा गाउँपालिका वडा नं.१ लसुना स्थित ऐ.५ बस्ने राज कुमार चौधरीको छोरा वर्ष २२ को देवेन्द्र चौधरी (समिर) लाई चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ २ ग्राम फेला परेकोले निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको साथै मिति २०७९।११।२४ गते अं.१६:४५ बजेको समयमा जिल्ला झापा मेचिनगर नगरपालिका वडा नं.६ मेचिपुल स्थित ईलाका प्रहरी कार्यालय काँकडभिट्टा तथा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले जिल्ला झापा मेचिनगर नगरपालिका वडा नं.१० धुलाबारी बस्ने बर्ष २४ को खातिबुल महमदलाई चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध हिरोईन जस्तो देखिने खैरो लिसाईलो पदार्थ १ ग्राम ५०० मिलिग्राम फेला परेकोले निजलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको ।


 

Post a Comment

0 Comments